अन्ततः अख्तियार आयुक्त पाठकले दिए राजीनामा


 


काठमाडौं ३ फागुन – भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

उनले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएकाे स्राेतले बतायाे । केही समय अघि राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

उनीविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेका बेला राजीनामा दिनु नै उपर्युक्त हुने सुझाव पाएपछि राजीनामाको बाटो अपनाएको उनीनिकट एक सहयोगीले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अख्तियार आयुक्त पाठकविरुद्ध महाअभियोग लगाउने तयारी गरेको थियो । पाठकाविरुद्ध महाअभियोग लगाउन नेकपाका सांसदले हस्ताक्षर संकलन सुरु गरिसकेका थिए ।

पाठकले घुस लिएको स्वीकार गरेको भिडियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले समेत पाएपछि उनीविरुद्ध महाअभियोग लगाउने तयारी भएको थियो ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउन आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्