अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल पुस १ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर १६ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– पञ्चमी, १२:४५ बजेउप्रान्त षष्ठी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मध्याह्नदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्। प्रलोभनले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम हात पार्ने मौका छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि विशेष योजनाहरू बन्नेछन्। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। कीर्तिमानी काम सुरु गर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रारम्भमा काम बिग्रने भयले सताउला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व हातलागी हुन सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। मध्याह्नपछि हठ गर्ने बानीले दुःख पाइएला। पतिपत्नीमा समेत अविश्वास बढ्न सक्छ। विवादमा परिने सम्भावना छ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। यात्रामा धनमाल हराउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। प्रयत्न गर्दा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिवारजनसँग असमझदारी बढ्नुका साथै आँटेका काममा बाधा पुग्न सक्छ। सुरुमा समस्या देखिए पनि बिस्तारै बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। मध्याह्नपछि अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। मध्याह्नपछि परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मनग्य धन आर्जन होला। विछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। मध्याह्नदेखि केही मात्रामा खर्च बढ्न सक्छ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ।

प्रकाशित मिति: १ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्