कमरेडहरू, भ्रष्टाचार रोक्ने कि भ्रष्टाचार विरुद्ध बोल्ने गीत प्रतिबन्ध लाउने ?


 


राजेश्वरी सुवेदी पशुपति शर्माले आजसम्म सयौँ हिट गीतहरू गाएका छन् । उनले माया पिरतीदेखी सन्देशमूलक धेरै गीतहरू गाएका छन् । तीन दिन अघि शर्माले सर्वाजनिक गरेको गीत सुनेर सामन्तवाद विरुद्ध निरंकुश राजतन्त्रको पालामा कम्युनिष्ट पार्टीले विसङ्गतिका विरुद्ध भण्डाफोर गर्दै बनाएका गीतहरूको याद आयो ।

बिहीबार बेलुका सार्वजनिक भएको ‘लुट्‍न सके लुट कान्छा’ बोलको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतिले निकै कडा रुपमा प्रस्तुत गरेका थिए ।

कम्युनिष्ट पार्टीको बहुमतको सरकार हुँदा पनि देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता अापराधिक काम रोक्न नसकेर उल्टै विसङ्गतिका विरुद्धको गीत किन हटाउने ? आज यो देशमा कम्युनिष्ट सरकारको हालीमुहाली छ, तर विसङ्गति र राजनीति गर्ने नाममा भएका भ्रष्टाचारविरुद्ध बोल्नेहरूलाई किन खबरदारी गरिन्छ? अनि भनिन्छ- ‘बाँकी दिनमा नेपाल बस्नु छैन ।’

सुनकाण्ड, वाईडबडी काण्ड, एनसेल ट्याक्स काण्ड, बस्ने झुपडी नभएकाहरूको उत्पादनको कामबिना राजनीति गरेरै ठुला-ठुला महल बनेका कुराहरू असत्य हुन् ? यो सबै काण्डमा भ्रष्टाचार गरेका नेताहरू विरुद्ध नबोल्ने कार्यक्रता नभुक्ने कार्यक्रता नै हो । आफ्नो नेताले भ्रष्टाचार गरिहँदा कार्यकर्ताले टुलुटुलु हेरिरहने ? कारबाहीको माग गर्नुपर्दैन ?

कसैले यथार्थ बोलिदिँदा लाज लागे राजनीति छोड्न सक्नुपर्छ, होइन भने अनुत्पादक कार्यकर्ताको ताँती लगाएर कहिलेसम्म मेरा कार्यकर्ता तेरा भन्दा धेरै छन् भनेर निर्धक्कका साथ भ्रष्टाचारी नेता बन्ने ?

कसैले यथार्थ बोलिदिँदा लाज लागे राजनीति छोड्न सक्नुपर्छ, होइन भने अनुत्पादक कार्यकर्ताको ताँती लगाएर कहिलेसम्म मेरा कार्यकर्ता तेरा भन्दा धेरै छन् भनेर निर्धक्कका साथ भ्रष्टाचारी नेता बन्ने ? कुरा आयो कार्यकर्तालाई ‘कुकुर’ भनेकाे । कुन नेताले गरेको भ्रष्टाचार र कम्जोरीका विरुद्ध बोलेका छन् ? कहिल्यै पार्टीमा आवाज उठाएका छन् ?

भ्रष्टाचारको कुरा प्रस्ट पार्न नसक्नेहरूलाई बडाे झण्डाकाे चिन्ता छ । पद खुस्किने र बढुवा नहुने डरले काम गर्ने सक्ने कार्यकर्ताहरू पनि लुरूक्क नबोली हिँड्ने र अरूले सोध्दा प्रस्ट बोल्ने नसक्ने कार्यकर्तामा कमी आएको छैन । यो कुकुरभन्दा बढी भएको प्रमाण हो ।

हिजो जीवन शर्माहरूले विसङ्गति विरुद्ध गीत गाउँदा राजावादीले कठघरामा उभ्याए । आज पशुपति शर्माले राजनैतिक भ्रष्टाचार विरुद्ध बोल्दा सरकार बाहिरको पार्टीको मान्छे बोल्यो भनेर थ्रिएटन दिने ? देश छोड भन्ने ? युवा कमरेडहरू हो । भ्रष्टाचारी नेताहरूलाई खबरदार गर्दै कारबाही गर्ने हो या संस्थागत भ्रष्टाचार विरुद्ध बोल्नेलाई कारबाही गर्ने हो ?

यो देश भ्रष्टाचारी र नेताको पछि-पछि भुक्दै हिँड्नेहरूको मात्र होइन । सरकारी मोहका कम्युनिष्टहरू कहिले पनि आलोचना मन पराउँदैनन् या आलोचना गर्नेलाई पतन गराउन लाग्छन्, यो पुरानै रोग हो । सत्ता टिकाउने र सेटको कार्यकर्ता बन्ने अर्को रोग । युवाहरूले यसैगरी चल्न दिने हो त देश ? कस्तो समृद्धि हो हजुर भ्रष्टाचारीलाई समात्दैमा भुइँचालो जाने ? कस्तो शुन्य सहनशीलता हो ?

यसैगरी हुन्छ शासकहरूको एकाधीकार शासन तर सधैँ कहाँ चल्छ र यो शासन ? अब बिस्तारै कम्युनिष्ट नामधारी दलाल पुँजीवादी सत्ताको पतनसँगै उदय हुँदै अघि बढ्छ वैज्ञानिक समाजवादको यात्रा । देशलाई क्यासिनो घर बनाउनेहरू खबरदार ! यस्ता शासकहरूविरुद्ध खुलेर भण्डाफोर गरौँ !!

(याे लेखिकाको नितान्त आफ्नो विचार हो । पोलिटिकल साईन्समा टियुबाट पिएचडी गरिरहेकी लेखिका पूर्व माओवादी विद्यार्थी नेता तथा हाल आहुति निकट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध छिन्

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्