भाेजपुरमा नेपाली सेनाकाे स्वास्थ्य शिविर


 


army health camp Bhojpur (2)भोजपुर, पुस २

नेपाली सेनाको भोजपुरस्थित रणबम गणले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यहाँको पश्चिमी लेखर्क गाविसस्थित सिंहदेवी माविको प्रांगणमा सेनाले एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सह सेनानी अरुण कुमार उप्रेतीको नेतृत्वमा सेनाले प्राथमिक उपचारका साथै औषधी वितरण गरेको हो ।

army health camp Bhojpur (1)शिविरमा रुघाखोकी, ज्वरो, निमोनिया, ग्याष्टिक, टाउको दुखेको, झाडापखाला लगायतका रोगहरुको औषधी वितरण गरेको गणपति सन्तोष कार्कीले बताए । स्वास्थ्य शिविरबाट गाउँका एक सय ६५ जना स्थानीय लाभान्वित भएको सेनाले जनाएको छ । विकट ठाउँमा सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार सँगै औषधी वितरण गरेपछि स्थानीयवासी खुसी भएका थिए ।

Army health camp

प्रकाशित मिति: २ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्