प्रहरीको गोली लागेर गौरमा एक प्रदर्शनकारीको मृत्यु, स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइयो


 


gaur jhadap

गौर, पुस ५

रौतहट सदरमुकाम गौरमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बीपी चोकमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर तेजापाकड–१ का १७ वर्षका शेख तवरेजको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीकोगोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले गौर नगरपालिका र आसपासको क्षेत्रमा अपरान्ह ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

गौरको बिपी चोक, जिल्ला प्रशासन कार्यालय चोक, कविर चोक, ट्रान्सफर्मर चोकमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारी बीच झडप भएको हो । प्रदर्शनकारीले पेट्रोल बम, खाली सिसी र ढुङ्गा प्रहार गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झपडले गौरका सबै पसल बन्द भएका छन् ।

प्रदर्शनकारीले प्रहरी बिटमा ढुंगामुढा गरेपछि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले गौरमा बिहानै दुई वटा मोटरसाइकलमा तोडफोड गरेका छन् । रौतहटको चन्द्रपुर–८ पौराईमा आज बिहान एउटा बसमा समेत आगजनी भएको छ ।

प्रकाशित मिति: ५ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्