अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल पुस १० गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर २५ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– पूर्णिमा, १६:४५ बजेउप्रान्त प्रतिपदा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ काम सुरु हुनाले धनलाभ हुनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। तर, आफ्नै त्रुटिले केही अवसर फुत्कने सम्भावना देखिन्छ। आवश्यकता भन्दा बाध्यताका विषयमा खर्च हुनेछ। कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा सामान्य फाइदा हुनेछ। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर पाप्त हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, काममा अनावश्यक दबाबको सिकार भइनेछ, सचेत रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा कमाउने बेला छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा धेरै समय बित्नेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन उत्साहपूर्ण रहला। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने अवसर प्राप्त हुनेछ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ।

प्रकाशित मिति: १० पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्