भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्दै पाकिस्तानले उनका छोरोलाइ लेखेको यस्तो छ भावुक पत्र


 


पाकिस्तानी सेनाले आफूले पक्राउ गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन बर्तमानलाई आज रिहा गर्याे । हिजो पाकिस्तानी संसदको बैठकमा प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई आज भारतलाई सुम्पिने घोषणा गरेका थिए ।

यो पत्र अभिनन्दन, उनकी पत्नी र उनका छोराको पारिवारिक फोटोसहित ‘पाकिस्तानी आम्र्ड फोर्सेज’को फेसबुक पेजमा पोस्ट गरिएको छ । पत्रमा लेखिएको छ

–प्रिय सानो बाबु । बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू ।

उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन रु उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए रु उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ रु उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ रु घृणा कि माया रु उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ रु म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी ।

म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनू ।

मानवता प्रेमी

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्