पञ्चकन्या माविले यसरी मनायाे अाफ्नाे जन्माेत्सव (फाेटाे फिचर)


 


IMG_1254भाेजपुर, पुस १२

यहाँकाे बाेखिमस्थित पञ्चकन्या माविले अाफ्नाे स्थापनकाे ६० अाैं जन्माेत्सब अाइतबार सम्पन्न गरेकाे छ । सप्ताहब्यापी कार्यक्रम अाइतबार सम्पन्न भएकाे हाे । समापन समाराेह पूर्व मन्त्री एंव यस क्षेत्रका सांसद कृपासुर शेर्पाले उद्घाटन गरेका थिए । शेर्पा यही विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

IMG_1255कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्त कुमार राईले विद्यालयकाे बारेमा प्रतिवेदन पेश गरेका थिए । विद्यार्थीहरूले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयकाे जन्माेत्सव समाराेहमा भएका विभिन्न खेलकुद प्रतियाेगितामा बिजेता भएका विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण  गरिएकाे थियाे ।

IMG_1267विद्यालयमा विभिन्न ब्याक्तिले स्थापना गरेकाे अक्षयकाेषकाे छात्रबृत्ति समेत विद्यार्थीहरूलाई वितरणा गरिएकाे थियाे । विद्यालयले कक्षाकाेठामा नियमित उपस्थित हुने, अनुशासित, कक्षाकाे प्रथम, दाेस्राे, तेस्राे र एसएलसीमा सर्वाधिक अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएकाे थियाे ।

IMG_1274जन्माेत्सव समाराेहमा विद्यालयका शिक्षक हर्कराज राईलाई सम्मान समेत गरिएकाे थियाे । याे विद्यालय २०१३ सालमा स्थापना भएकाे हाे । स्वर्गिय सुबेदार हर्कमान राईले विद्यालकाे स्थापना गरेका थिए । मावि सञ्चालन भएकाे २१ बर्ष पुरा भएकाे विद्यालयले जनाएकाे छ ।

IMG_1276कार्यक्रममा उपस्थित भएका अतिथिहरूले विद्यालय संस्थापककाे तस्बिरमा माल्यार्पण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्काकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।

IMG_1286IMG_1289IMG_1295IMG_1297IMG_1312IMG_1333IMG_1336

प्रकाशित मिति: १२ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्