टुँडिखेल अगाडि सेनाको प्यारासुट खस्यो


 


२० फागुन – जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । राजधानीको टुँडिखेलमा सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि ती सैनिक काठमाण्डु मल नजिकै फुटपाथमा खसेका हुन् ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालका अनुसार ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएपछि हाल घाइतेलाई वीर हस्पिटल लगिएको छ ।

प्यारासुट जम्पिङका क्रममा सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर खसेका हुन् । उनकाे अवस्था सामान्य रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्