पोखरामा फेरी २ वटा प्याराग्लाइडिङ खसे, एउटा भोगटेको रुखमा भेटियाे


 


२० फागुन – आज पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रोमानियाको नागरिकको मृत्यु भएको थियो ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य घाइते भएको बताइएको छ । घाइते दुबैको नाम खुलेको छैन । गम्भिर घाइते भएको एक विदेशी विद्युतको तारमा जेलिँदै भूइँमा खसेका थिए ।

त्यस्तै कास्कीकै मादी गाउँपालिकाको छाचोकमा भएको अर्काे प्याराग्लाइडिङ दुर्घटनामा पाइलट घाइते भएका छन् । ६३ वर्षिय इलगिज यागुदिन भोगटेको रुखमा अड्कीए । उनलाई स्थानीयले उद्धार गरिसकेका छन् ।

उनी निकै अप्ठ्यारो भीरको रुखमा अड्केको स्थानीयले बताए । यसरी नियमित प्याराग्लाइडिङ खस्न थालेपछि सम्बन्धित निकायको ध्यान तानेको छ । प्रहरीले पनि यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्