क्रान्तिकारी द्धारा शैक्षिक हडतालको घोषणा उल्लंघन गरे क्षति हुने चेतावनी


 


काठमाडौ , फाल्गुन २०,

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०ले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ । क्रान्तिकारी बाँके ले जिल्ला सचिवालय सदस्य सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको बिरोधमा बन्द आयोजना गरेको क्रान्तिकारीका भेरी इन्चार्ज पुष्प न्यौपानेले बताएका छन ।

बटालालाइ संगठनको कामको शिलशिलामा गिरफ्तार गरिएको अखिल ९क्रान्तिकारी०बाँकेका अध्यक्ष मदन चन्दको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिना कारण गिरफ्तार गरिएकोले एक दिन बाके भरीका सबै शैक्षिक सस्था बन्द गरेर शैक्षिक अधिकार स्थापना गर्ने अभियानमा सहयोग गर्न अपिल गरेका छन ।

आफ्नो सगठनका नेतालाइ अपहरणशैलीमा बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै मसाल जुलुस र बन्दको कार्यक्रम सार्वजनिक गरेका छन ।

अखिल ९क्रान्तिकारी०का जिल्ला अध्यक्ष मदन चन्दले आज विज्ञप्ति जारी गरी उक्त गिरफ्तारीको निन्दा गर्दै संघर्षका कार्यक्रम घोषणा गरेकाहुन ।

चन्दले वर्तमान शिक्षाको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानमा लाग्दै गर्दा गिरफ्तार भएका वटालालाई बिनासर्त यथासिघ्र रिहाई गर्न जोडदार माग गरेका छन्ं ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्