आजबाट देशभरका शिक्षण संस्था बन्द गर्ने आन्दोलनरत शिक्षककाे घाेषणा बिप्लवकाे ऐक्यबद्धता


 


फाल्गुन २१,

विभिन्न माग राख्दै आन्दोलन गरिरहेका अस्थायी राहत शिक्षक संगठनले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।


राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत भएको थियो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो ।

यसै बिच नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले राहत तथा अस्थायी शिक्षककाे आन्दोलनमा ऐक्यबद्धता जनाएकाे छ। नेकपाका पाेलिटब्युराे सदस्य ओम प्रकाश पुनले शिक्षकहरुका जायज माग सम्बाेधन गर्न तथा आन्दोलन हस्तक्षेप नगर्न सम्बन्धि पक्षसग माग गरेका छन्। उनले कम्युनिस्ट भनिएकाे सरकारले श्रम गरेर खाने शिक्षकहरुका मागकाे उचित सम्बाेधन गर्नुकाे सट्टा अश्रुग्यास र पानिकाे फाेहाेरा हानेर दमनकाे पराकाष्ठा देखाएकाे बताएका छन्।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्