पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिककाे मृत्यु


 


पोखरा, २१ फागुन –पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको थियो तर, चिकित्सकले मृत घोषणा गरेका छन् ।

यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्