शशांकसँग देउवाले गुहार मागेपछि…


 


२१ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका गुट, उपगुट अन्त्य गर्नुपर्ने बताएका छन् ।

गुटले पार्टीलाई फाइदा नपुर्याएको बताएका सभापति देउवाले महामन्त्री शशांक कोइरालालाई गुट अन्त्य गर्न सहयोग गरिदिन आग्रह गरेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसमा मंगलबार राजधानीमा सभापति देउवाले भने, ‘गुटले कसैलाई पनि फाइदा गर्दैन । म गुट, उपगुट अन्त्य गर्न चाहन्छु । महामन्त्रीजी सहयोग गर्नुहोस् ।’

सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेकोमा कांग्रेसले विरोध गरेको देउवाको भनाइ थियो ।

सरकारले आफू प्रधानमन्त्री भएका बेला सुरू गरेका काम अहिलेको सरकारले गरेको भन्दै प्रचार गरेकोमा देउवाले आपत्ति पनि जनाए ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्