प्रचण्ड तथा पूर्व माओवादीहरुको आँखाभरी आँशु आएपछी…


 


फाल्गुण २१, सुनसरीको इटहरी स्थित शहिद स्मृति आवसीय माध्यमिक विद्यालयका विद्यार्थीहरुले जनयुद्धको झ–झल्को दिने गरी गित प्रश्तुत गर्दा प्रचण्ड भाबुक देखिन्थे भने कृषि राज्यमन्त्री रामकुमारी चौधरीको आँखामा आसु रसाएकाे थियाे । विद्यार्थीहरुले जनबादी गित ‘ओपेरा’ प्रश्तुत गर्दा प्रचण्डले आफ्नो मन मुस्किलले थामे तर पूर्व माओवादीहरुको आखाभरी आँशु देखिन्थ्याे ।

सुनसरीको इटहरी स्थित शहिद स्मृति आवसीय माध्यमिक विद्यालयको नवनिर्वित भवनको उद्घाटन गर्दै अाएका अध्यक्ष प्रचण्डले पुरानो शिक्षा नितिले मुलुक भित्र वेरोजगार युवाको उत्पादन मात्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले मुलुक भित्रै प्राविधिक ज्ञान सहितको शिक्षा निति सरकारले चाडै लागु गर्न लागेकोे बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिष्टको सरकार साहदत शहिदको त्यागमाथि उभिएका कारण अहिलेको सरकार शहिद प्रति थप जिम्मेवार रहेको बताएका छन् । शहिदको बलिदानकै कारण नेपालमा स्थायित्व र लोकतान्त्रिक सरकार भएको बताउदै अध्यक्ष प्रचण्डले हाम्रो लागी जिवन र मरणको कुरा भएकोले हामिले शहिदको सपना पुरा गर्न कुनै कसर बाकी राख्न नहुने बताएका छन् । द्धन्द्धकालमा अविभावक मारिएका वालवालिकाहरुको अध्ययनका निम्ति स्थापना गरिएको शहिद स्मृति आवसीय माध्यमिक विद्यालयको नवनिर्वित १५ कोठो भवन करिव १ करोडमा तयार गरिएको हो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्