पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दुप्रति आपत्तिजनक अभिव्यक्ति दिने मन्त्रीलाई हटाए


 


काठमाडौ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु धर्मावलम्बीविरुदध आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री फैयाज अल हसन चौहानलाई पदबाट हटाएका छन्।

पाकिस्तानको पञ्जाव प्रान्तका सूचना र संस्कृति मन्त्री चौहानलाई हिन्दु धर्मावलम्बिप्रति दिएको आपत्तिजनक बयानपछि पदबाट हटाइएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। अभिव्यक्तिपछि पञ्जावका मुख्यमन्त्री सरदार उस्मान बुजदारले चौहानलाई बर्खास्त गर्ने बताएका थिए,

त्यसपछि उनले राजीनामा दिएका थिए। मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक-ए-इन साफ पार्टीमा कुनै पनि प्रकारको भेदभाव नहुने उल्लेख गरिएको छ। चौहानले हिन्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए।

उक्त अभिव्यक्ति सहितको भिडियो सार्वजनिक भएलगत्तै उनको तीव्र आलोचना भएको थियो। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जारमा मात्रै नभइ पाकिस्तान तहरीफ-ए-इन्साफ पार्टीका नेताले पनि उनको आलोचना गरेका थिए। चौहानले २४ फेव्रअरीको लाहोरमा भएको एक कार्यक्रमका बीच उक्त अभिव्यक्ति दिएका थिए तर उक्त भिडियो क्लिप सोमबारबाट इन्टरनेटमा भाइरल भएको हो।

इमरानखानका राजनीतिक मामिलाका सल्लाहकार नइमुल हकले एक ट्विटमा पिटिआइले यस्तो प्रकारको अभिव्यक्तिलाई सहन नसक्ने बताएका थिए। उनले यस्तो बोल्ने वरिष्ठ व्यक्ति भए पनि सहन गर्न नसकिने उल्लेख गरेका थिए। उनले ट्विटमा भनेका थिए,
‘हिन्दु समुदायविरुद्ध पञ्जावका सूचना मन्त्री फैयाज चौहानले दिएको आपत्तिजनक अभिव्यक्तिमा उनलाई कडा कारबाही हुनुपर्छ। मुख्यमन्त्रीसँगको सल्लाहपछि उनीमाथि कारबाहीको कदम अगाडि बढाइने छ।’

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्