कमल थापालाई हेटौंडा बासीले चिनेन्, म झापा लगेर जिताएर देखाई दिन्छु : लिङ्देन


 


हेटौँडा,२२ फागुन
राप्रपाका बरिष्ट नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले कमल थापालाई झापाबाट जिताउने घोषँणा गरेका छन् ।
राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान आन्र्तगत आज हेटौँडामा भएको आमसभामा बोल्दै नेता लिङ्देलल कमल थापाजस्तो ब्यक्तिलाई यहाको जनताले नबुझेको बताए ।

उनले भने तपाईहरुले किन कमल थापालाई हराउनु भयो, के यो ब्यक्तिको यो जिल्लाले तपाईको जुनिमा पाउन सक्छ ? यो कुनामा राजधानी ल्याउने मान्छे पाउनुहुन्छ ? आफ्नो नाभीमा भएको बास्ना थाहा नपाएर कस्तुरी डाँडाकाँडा हिडछ रे, तपाई आफ्नै नाभीमा भएको बास्ना थाहा नपाएर कहाँकहाँ भौतारिनुभएको छ ?”

उनले भने यो देशको भविष्यको प्रधानमन्त्री हुने योग्यता भएको मान्छे मकवानपुरले साच्चै मन नपराएको भए झा पा लगेर जिताएर पठाउने भन्दै आफुहरुले यो मकवानपुर टेक्दा समेत गौरब महशुस हुने बताए ।

नेपालमा हिन्दु धर्मको विरोधमा विभिन्न भ्रमहरु सृजना गर्न खोजेको भन्दै उनले यस्तो भ्रममा नपर्न अनुरोध गरे । सनातन हिन्दु राज्य तथा राजतन्त्रलेमान देशको भलो गर्ने भन्दै उनले देशमा फेरिपनि राजतन्त्र फर्कने दाबी गरे ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्