पूर्वराजा ज्ञानेन्द्रको मधेश भ्रमण स्थगित


 


काठमाडौं फागुन २२
पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको मधेश भ्रमण स्थगित भएको छ । आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्रले भ्रमण स्थगित गरेका हुन् ।

यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजाको सचिवालयले जनाएको छ । ९१ वर्षकी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि मंगलबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल मंगलबारै पुगेका छन् । उहाँलाई छातीको खराबी र कफ जम्ने समस्या तथा डायरिया र पिसाब कम भएकाले अस्पताल भर्नागरिएको अस्पतालले जनाएको छ ।

ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश नम्बर २ का धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्