झापाका अर्पण शर्माले भने : मेरो हातमा दिइयो भने नेपालको पुरै शिक्षा प्रणाली परिवर्तन गर्छु


 


काठमाडौं। संसारकै तेज दिमाग भएका मेमोरी किङ्ग झापा घर भएका अर्पण शर्माले सरकारले आफ्नो हातमा शिक्षा नीति दिएमा देशको पुरै शिक्षा प्रणाली परिवर्तन गर्ने बताएका छन् ।

विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन सल्यानको थारमारेमा आएका शर्माले बुधबार पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै अहिले नेपालको शिक्षा निती र प्रणाली राम्रो नभएको बताएका छन् । उनले अहिले विद्यार्थीहरुलाई जबरवस्त पढाइएको बताएका हुन् ।

उनले भने– “यहाँ विद्यार्थीहरुलाई पढाउने मात्रै गरिन्छ तर ध्यान गराइदैन्, त्यसरी विद्यार्थीको दिमागनै थाक्नेगरी पढाउन हुँदैन् ।” उनले सरकार व्यस्त भएको कारण यी कुराहरु नसुनेको हुनसक्ने बताए ।

उनले आफुले निजी क्षेत्रबाटै शिक्षाको चेतना परिवर्तन गर्न लाग्ने बताए । आफु सरकारी पहुँचमा नभएपनि निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा सहयोग गर्ने उनले बताएका छन् ।

उनले अहिले नेपालमा मोडन शिक्षा आएको बताएका छन् । उनले विद्यार्थीलाई घोक्न लगाउने खालको शिक्षा नेपालमा भएको बताए । त्यो शिक्षाले एकछिनमा घोक्ने र अर्कोपटक बिर्सने उनको भनाई छ ।

शिक्षाको नाममा नेपालमा विद्यार्थीलाई टचर दिइएको उनले बताएका छन् । उनले भने– “परिक्षाको अघिल्लो दिनसम्म विद्यार्थीलाई खाना, सुत्नको समय नदिएर पढ्न लगाइन्छ । तर परिक्षा सकिएको भोलीपल्टै बिर्सने वातावरण हुन्छ ।” उनले विद्यार्थीलाई ध्यान दिने शिक्षा हुनुपर्ने बताएका छन् ।

उनले सबैलाई सम्मान गर्नेखालको शिक्षाको चेतना विकास गर्नुपर्ने बताए । उनले भने– “किसानलाई यहाँ अपहेलीत र तल्लो दर्जाको रुपमा हेरिन्छ, तर सुट पाइन्ट लगाउनेहरुलाई ठुलो मान्छे सोच्ने शिक्षा छ ।” त्यसको अन्त्य गर्न बच्चादेखि नै सबैलाई एकै रुपले हेर्न शिक्षाको विकास गर्नुपर्ने उनले बताए ।

थारमारेमा रहेको बाबुराजा कम्प्युटर एण्ड इङ्लिस ल्याङगुइज इन्स्टिच्युट प्रा।लिले आयोजना गरेको ३ दिने स्मरण शक्ति अभिबृद्वि प्रशिक्षण कार्यक्रममा उनि सल्यान आएका थिए । फागु २० गते आएका उनले ३ दिनसम्म करिब ४ सय भन्दा धेरै शिक्षक, विद्यार्थी, बुद्धिजिवीहरु लगाएतलाई प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्