महिलाले खानै पर्ने ६ खाना


 


स्वस्थ खानु महिला र पुरुष दुवैको लागि उत्तिकै आवश्यक छ । महिला र पुरुषलाई फरक फरक डाइट आवश्यक हुनाले केही खानेकुरामा भने ध्यान पुर्याउनु पर्दछ ।

यहाँ केही त्यस्ता खानेकुराको बारेमा बताइएको छ जुन महिलाले आफ्नो खानामा समावेश गर्न सक्दछन्।

सालमोन

यो जातको माछामा आइरन पर्याप्त पाइन्छ, जुन महिलाको शरिरको लागि निकै महत्वपूर्ण मानिन्छ ।

यसमा ओमेगा-३ फ्याटी एसिड पनि पाइन्छ जसले महिलाको ‘मुड’मा सकारात्मक परिवर्तन गराउँछ।

क्र्यानबेरी

दशकौंको अध्ययनले क्रयानबेरी फलले स्तन क्यान्सर र मुटु रोगको खतरा कम गर्ने देखिएको छ ।

साथै पिसाव सम्बन्धि समस्या रोकथामको लागि पनि यो निकै फलदायी मानिन्छ।

पालुङ्गोको साग

भिटामिन र म्याग्नेसियमको स्रोतको रुपमा चिनिने पालुङ्गोको सागले सुन्निने समस्या, स्तन समस्या र तौल बढ्ने समस्या समाधानमा सहयोग पुर्याउँछ ।

ओखर

ओखरमा ओमेगा-३ फ्याटी एसिड, एन्टीअक्सिडेन्ट र फाइटोस्टेरोल्स पाइन्छ, जसले स्तन क्यान्सरको सम्भावना न्युन गर्छ ।

साथै डिप्रेसन र हाडको स्वास्थ्यमा पनि यसले फाइदा गर्छ। साथै यसमा क्याल्सियम, म्याग्नेसियम र फोलिक एसिड पनि पर्याप्त पाइन्छ।

दुध

शरिरमा क्याल्सियमको कमी देखिनु विश्वका अधिकांस महिलामा देखिने समस्या मध्येको एक हो ।

दुध कुनै पनि उमेर समुहका महिलाको लागि अत्यन्त आवश्यक हुन्छ। दुध क्याल्सियम र भिटामिन डी को निकै राम्रो स्रोत हो।

गोलभेँडा

गोलभेँडामा पाइने लिकोपिन स्वास्थ्यको लागि अत्यन्त फलदायी मानिन्छ । साथै यसले स्तन क्यान्सरको सम्भावना पनि न्युन गराउँछ। साथै यसले मुटु रोगको खतरा समेत कम गराउने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: १ माघ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्