पूर्वराजा ज्ञानेन्द्रले यसरी दिए विप्लवलाई च्यालेन्ज


 


काठमाडौ १ चैत– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार दिउँसो सर्लाही आएका छन् ।

महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजाअर्जना गरे । पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित राजावादीहरुको उपस्थिति थियो ।
त्यस्तै, पूर्वराजालाई हेर्न स्थानीय सयौँ सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएका थिए ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्