५४५ नेपाली विदेशी जेलमा, सबैभन्दा बढि मलेशियामा



काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरुमा पुगेका १९ जना महिला र ५ सय २६ जना पुरुषहरु जेल परेका छन् ।वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५ सय ४५ जना विदेशी जेलमा छन् भने ३ महिला र २१ पुरुष गरी २४ जना कोमामा छन् ।

सबैभन्दा बढी मलेशियामा २ सय ५ जना जेलमा छन् । त्यस्तै यूएई मा १८५, कुवेतमा ५८, कतारमा ३५, साउदी अरब जेद्दामा ३१, साउदी अरब रियादमा २३, ओमनमा ३, र बहराइनमा ५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

यस्तै कुवेतमा ४, यूएईमा १, ओमनमा १, साउदी अरब जेद्दामा १, साउदी अरब रियादमा ४, कतारमा ९ र बहराइनमा ४ जना नेपाली कोमामा रहेको तथ्यांकमा उल्लेख छ, जसमध्ये ३ महिला र २१ पुरुष रहेका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो । जेलमा परेका नेपालीलाई देश फर्काउनका लागि आवश्यक कानूनि सहयोगको व्यवस्था गर्न बोर्डले सम्बन्धित देशका कुटनीतिक नियोगमार्फत सहयोग गरिरहेको पनि जनाएको छ ।

गोकर्ण विष्ट श्रममन्त्री भएर आएपछि विदेशी जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराउने निर्णय भएपनि कार्यान्वयन भएको देखिँदैन । जसकारण विभिन्न अभियोगमा विदेशी कारागारमा नेपाली जेल जीवन गुजार्न बाध्य भएका छन् ।

कोमामा रहेका बिरामीलाई नेपाल फर्काएर उपचार गराउने विषयमा विदेशस्थित नेपाली नियोग, कामदारका परिवार र सरकारी अस्पतालहरुमा समन्वय भइरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News