फेसबुकको प्रेमीलाई भेट्न गएकी १५ वर्षीया किशोरी २ जनाबाट बलात्कृत



काठमाडौं  सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन्। फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्।

दिउँसो २ बजे वीरेन्द्रनगर–९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले किशोरीलाई बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ। वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका किशोर १६ वर्षका हुन्। उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन्। पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News