सिके राउतले आइतबार बोलाए गठबन्धनको बैठक, नागरिकता अनिवार्य ल्याउनु पर्ने


 


काठमाडौं । सिरहाको लहानमा आइतबार बस्नेगरी सिके राउतले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ । स्वतन्त्र मधेश गठबन्धले बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाई सकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ ।

सरकारसँग भएको ११ बुँदे सम्झौता र अगामी रणनीतिको बारेमा छलफल गर्नका लागि राष्ट्रिय परिषद्को बैठक बोलाइएको हो । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुने त्यसपछि गठबन्धनका संयोजक मधेश दौडामा निस्किने बताइएको छ ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्