प्रतापपुरमा पशु स्वास्थ शिविर सम्पन्न


 


रबिन्द्र यादव/नवलपरासी पश्चिम २ चैत

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा पशुसेवा शाखाको आयोजनामा शनिबार एक दिने निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ र ८ को केवलपुर रेतामा भएको शिविरमा कुल १ सय ५० घरधुरीका पशुपालक किसानहरु लाभान्वित भएको शाखा प्रमुख चन्द्रमाया फुजाँलीले जानकारी दिनुभयो । शिविरमा ७ सय ५० बोका, बाख्रा र खसीको स्वास्थ परिक्षण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै शिविरमा २ हजार ४ सय ५० भैंसी,पाडा, पाडी, गोरु, गाई , बाछा र बाछी गरि ठूलो चौपायाको स्वास्थ परिक्षण संगै अौषधी वितरण समेत गरिएको थियो । २५ पशु चौपाय बन्ध्याकरण गरिएको शाखा प्रमुख फुजाँलीले जानकारी दिनुभयो । उक्त पशु स्वास्थ्य शिविरमा वडा नम्बर ६ र ८ का वडा अध्यक्ष रामहरि उपाध्याय, कादिर अलि अन्सारी, शाखा प्रमुख चन्द्रमाया फुजाँली, स्थानिय पत्रकार समाजसेवी लगायतको उपस्थिति थियोे ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्