पशुपतिले राजतन्त्र फर्काउने ! लौ यता पनि देखिए मालाले छोपिने नेताहरु !!


 


तौलिहवा, चैत २

सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागी परेको भन्दै राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शम्म्शेर जबराले आपत्ति जनाएका छन् ।

‘सेना परीचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहिने, प्रधानमन्त्री स्वयमले सेना परीचालन गर्न सक्ने तयारी आपत्तिजनक छ । प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न उद्दत छन् जो हामीलाई स्वीकार्य छैन,’ जनताबीच राप्रपा (संयुक्त) कार्यक्रम अन्तर्गत बाल मन्दिरको मैदानमा आयोजित आम सभालाई शनिबार सम्बोधन गर्दै राणाले भने ।

नेत्र विक्रम चन्दलाई इगित गर्दै प्रधानमन्त्रीले घुमाउरो पारामा धम्की दिएको भन्दै, राणाले आफ्नो निष्ठामा सम्झौता नगर्ने भन्दै चुनौती दिए । ‘प्रधानमन्त्रीले हामीलाई धम्की दिनुभयो तर धर्म सँस्कृति परम्परा, नेपाली जनताको हक सुरक्षित गर्न हामी डगमगाउदैनौं ।’

सिके राउतले राष्ट्रिय अखण्डतामाथि चुनौती दिएको बखतमा प्रधानमन्त्रीले ओली मौनता साँधेको भन्दै राणाले सरकारको आलोचना गरे ।

‘नेपाली अस्तित्व र अखण्डतामाथि प्रश्न उठाइदा पनि प्रधानमन्त्री बोल्दैनन् त्यसकारण प्रधानमन्त्री ओलीलाई सोध्न चाहन्छु, तपाईको राष्ट्रियता कहाँ हरायो ?’ कांग्रेस र कम्युनिष्टहरुले धर्मनिरपेक्ष लादेर देश र जनतालाई अन्याय गरेको उनले भने ।

‘धर्मिक साम्राज्य कामय गर्ने विदेशीहको बदनियत स्वीकार गरेर कांग्रेस र कम्युनिष्टहरुले कसैसँग सल्लाह नगरी धर्मनिरपेक्ष लादेर अन्याय गरे ।’

हिन्दू राष्ट्रका साथसाथै राजसंस्था पुनर्स्थापना गर्ने प्रस्तावना अघि सारे । देशमा गाइजात्रा मञ्चन भइरहेको भन्दै राणाले भने, सबै नेपाली, दल, बुद्धिजीवीलाई समान व्यवहार हुने, सम्मान हुने कुनै दलको नहुने राजसंस्था कायम गर्नुपर्दछ ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानमा संशोधनको आवश्यक्ता रहेको बताए । ‘संविधानमा हिन्दु पहिचान कायम गर्न संविधानमा संशोधन हुन आवश्यक छ । वैदिक सनातन हिन्दू राष्ट्रको पहिचान कायम गर्ने लक्ष्य आवश्यक परे हामी आन्दोलन गरेरै भए पनि पूरा गर्नेछौं,’ अध्यक्ष लोहनीले भने ।

देशमा अहिले धर्म परिवर्तनको श्रृंखला चलेको छ जो निन्दनीय छ, लोहनीले भने । ‘हामी सबै धर्मको सम्मान गर्छौ, सबै धर्म क्रान्तिकारी छन् । यद्यपि सरकार नै होली वाइन खाएर देशको धर्म परम्परा, राष्ट्रियता धराशयी बनाउन लागी परेको छ । त्यसको विरुद्ध हामी खबरदारी गर्छौ, राष्ट्रहितको पक्षमा हाम्रो कर्तव्य पूरा गरेरै छाड्छौं ।’

राप्रपा (संयुक्त) नेपालको स्वभिमान बचाउन, सबै नेपालीको आत्म सम्मान सुरक्षित गर्न क्रियाशील रहेको भन्दै लोहनीले हिन्दु राष्ट्र«का साथसाथै राजसंस्था अपरिहार्यतर्फ जोड दिए ।

‘उपस्थितिको लागि भए पनि अभिवावकको रुपमा नेपालमा राजसंस्थाको आवश्यकता छ । राजसंस्थाले नेपालीहरुमा एकता कायम गर्न मद्दत पुर्याउछ भन्ने हाम्रो विश्वास हो । राजसंस्था राख्दैमा प्रतिगमन हुने होइन । बेलायत, जापान जस्ता महान प्रजातन्त्रमा जस्तो सुशासन कायम गर्न, राजसंस्थाको अभिभावकीय भूमिका हामी चाहन्छौं,’ लोहनीले भने ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्