‘यौनकर्मी महिला भन्छिन्ः मेरो श्रीमानलाई पक्कै थाहा हुनुपर्छ !


 


काठमाडौं समाजमा बेला बखत अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कतिपय घटना बाध्यतामा आधारित छन् कतिपय लहैलहैमा लागेर बिग्रिएका छन् ।

ठूला शहरमा देखिने अप्रत्यासित घटनाले सबैलाई तरङ्गित पारेको हुन्छ । विभिन्न कामका लागि मानिस शहर छिर्छन् । भनेजस्तो सपनाको शहर भेटिदैन् । आफूले कल्पना गरेका सपनाहरु क्षणभरमै विलिन हुन्छन् । अनि बाध्य बनाउँछ निर्दयी समय । आफूले कल्पना नगरेको काममा लाग्न ।

एक यौनकर्मीसँग गरेको कुराकानीमा आधारितः
सधैँको दैनिकी, आएका ग्राहकहरुलाई सेवा गर्नु । उनीहरुले अर्डर गरेका खानेकुरा, खाजा टेबलमा पुर्याउनु । साँझपख मदिराको कारोबार । रक्सी पिउने ग्राहकको ताँती लाग्ने गर्छ । बढीभन्दा बढी कारोबार गर्नुपर्ने साहुको आदेश । जसले बढी बेच्न सक्यो उ साहुको प्यारो । उसको काममा साहुले राम्रो प्रशंसा गर्ने । यस्तै दैनिकी बिताइरहेकी छुँ । एक यौनकर्मी महिललाले भनेका शब्द हुन् यी ।

अधबैँशे देखिने ती महिलाको दिनचर्या यस्तै बितिरहेको हुन्छ । परिवार पाल्न अनेकौ तिगडम गर्नुपर्ने । श्रीमान जड्याँहा परेपछि कसको के लाग्छ र, उनी भन्छिन्– एक छोरी छ । काठमाडौंमा भाडामा बस्ने गरेकी छु । श्रीमान कहिलेकाहीँ कोठामा आउँछ । के काम गर्छ थाह छैन । तर उसलाई थाह पक्कै छ म के काम गर्छु । बेला–बेला टर्चर दिएर जान्छ । सामान्य पढलेखसम्म नजानेकी ती महिलाको कहानी कहालिलाग्दो छ । बाध्यता बन्न पुगेको छ यौन व्यवसाय ।

ती महिला प्रतिनिधि पात्र हुन् । काठमाडौंमा खोज्दै जाँदा यस्ता धेरै घटना फेला पर्दछन् । कतिपय रोमान्सका लागि डान्सबारमा छन् त कति बाध्यताले यो पेसा अंगालेका छन् । राम्रै सोचेर काममा लागेपनि बाध्यता बनेर आइलाग्छ यौन ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्