प्रधानमन्त्री ओली र सीके राउतको साँठगाँठमा जनता झुक्याइयोः राणा


 


कपिलवस्तु, चैत २

राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले उग्रराष्ट्रवादको नारा बोक्ने प्रधानमन्त्री केपी शर्मा ओली र बिखण्डनको उग्र नारा बोक्ने सीके राउतबीचको साँठगाँठमा जनता झुक्याईएको आरोप लगाउनु भएको छ ।

एकीकृत राप्रपा राष्ट्रवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण भएपछि बनेको राप्रपा संयुक्तको देशव्यापी दौडाहा अन्तर्गत शनिबार कलिवस्तुमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले सरकारले राउतसंग अपरिपक्व निर्णय गरेको राउत जनकपुर पुग्दा छर्लङ्ग भएकोे बताउनुभयो ।

त्यस्तै कार्यक्रममा अर्का अध्यक्ष डा. प्रकाश चन्द लोहनीले यो सरकार भ्रष्ट्राचारमा चुर्लम्ब डुबेको आरोप लगाउनु भयो । उहाँले गाउँगाउँमा सिंहदरबार नभइ भ्रष्टाचार पुगेको जिकिर गर्दै सरकार प्रत्येक कदममा चुक्दै गएको आरोप लगाउनु भयो ।

आमसभालाई सम्बोधन गर्दै नेता बिक्रम पाण्डेले हिजो युद्धमासंगै रहेका पुष्पकमल दाहाल प्रचण्डले बिप्लबको समस्या समाधनका लागि कुनै अग्रसरता नदेखाएको आरोप लगाउनु भयो । सरकारको एक बर्षको उपलब्धि शून्य भएको पनि उहाँको जिकिर थियो ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्