काँग्रेस नेता अमरेशकुमारले भने : देउवा र पौडेलले टिकट बेचेर आधा–आधा पैसा बाँडे


 


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमरेशकुमार सिंहले गत निर्वाचनका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले टिकट वितरणबाट प्राप्त भएको पैसा आधाआधा बाँडेको आरोप लगाएका छन्।

राजधानीमा नेपाली कांग्रेसको सर्लाही काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै सिंहले प्रदेश २ मा टिकट वितरणमा पूरै आर्थिक चलखेल गरेको बताए। प्रदेश २ को एक निर्वाचन क्षेत्रका उम्मेदवारको नाम नलिई उदाहरण दिँदै उनले भने, ‘उसलाई टिकट दिनै हुने थिएन। ६० लाख टिकटको मूल्य तोकिएछ। उसलाई टिकट दिन हुन्न भनी रामचन्द्र पौडेललाई सम्झाएको थिएँ, उनले देउवासँग ३० लाख रुपैयाँ लिएर टिकट दिन राजी भएछन्।’

पौडेलप्रति आक्रामक देखिएका सिहंले भने, ‘उनी लोभी बाहुन हुन्।’देउवाको कार्यशैली र प्रधानमन्त्रीत्वकाल स्मरण गर्दै सिंहले देउवाले कांग्रेस कमजोर बनाएको आरोप लगाए। देउवाले दुई पटक राजालाई, एक पटक राप्रपा र एक पटक ओलीलाई सत्ता सुम्पने अवस्थामा पुर्‍याइ कांग्रेस कमजोर बनाएको आरोप लगाए। साभार : नेपाल लाईभ डटकमबाट

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्