भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रवि लामिछानेलाई किन ‘पागल’ भनिन् ?


 


काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर प्रचण्ड पुत्री रेणु दाहालले पत्रकार रवि लामिछानेलाई ‘पागल’ भनेकी छिन् । लामिछानेले प्रचण्डको बारेमा बोलेको भनाईलाई टिप्पणी गर्दै नेकपाका युवा नेता हिमाल सर्माले फेसबुकमा स्टाटस राखेकाकाे ठाउँमा प्रतिक्रिया दिँदै रेणुले लामिछानेलाई ‘पागल’ को संज्ञा दिएकी हुन् ।

पूर्व विद्यार्थी नेता हिमाल शर्माले ‘प्रवृतिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछाने ज्यू !’ स्टाटसको कमेन्ट बक्समा रेणुले लेखेकी छन्, ‘पागलपन भनिन्छ दाइ’ दैनिकीबाट

सर्माकाे स्टाटसमा रेणुकाे कमेन्ट एस्ताे छः

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्