`रवि लामिछाने तरूनी लिएर बरालिँदा प्रचण्ड वाक स्वतन्त्रताका लागि लड्दै थिए´


 


काठमाडौं । प्रचण्डकी नातिनीले रवि लामिछानेलाई ‘पेटिकोट लम्पट’ र छाेरी रेणुले बौलाहा भनेका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेपछि पूर्वमाओवादीले पनि लामिछानेको विरोध गरिरहेका छन् ।

कार्यक्रममा लामिछानेले प्रचण्ड आफू प्रधानमन्त्री भएको, छोरीलाई मेयर बनाएको, बुहारीलाई मन्त्री बनाएको भन्दै आलोचना गरेका थिए । प्रचण्डको बारेमा लामिछानेले दिएको अभिव्यक्तिका कारण उनीमाथि प्रचण्ड परिवार तथा नेकपाका नेता खनिएका हुन् ।

प्रचण्डकी नातिनी सृष्टि दाहाल केसीले फेसबुकमा स्टाटसमार्फत् लेखेकी छन्, ‘तिमीहरू तरुनीसँग बराल्लिएर हिँड्ने बेलामा प्रचण्डले वाक स्वतन्त्रताका लागि युद्ध लड्दै थिए । निरंकुशतन्त्रका विरुद्ध धावा बोल्दै थिए । मुलुकको थिति परिवर्तनमा जसको एक चिम्टी भूमिका छैन । उ केवल बौलाहाजस्तो बर्बराउन बाहेक अरु के नै जानेको हुन्छ र ?

एस्ताे छ

स्टाटसहरूः

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्