प्रहरीकाे जीप दुर्घटना


 


काठमाडौं चैत ३ ईलाका प्रहरी कार्यालय सिमराको स्कर्पियो जीप दुर्घटना हुँदा शनिबार दिउँसो २ प्रहरी घाइते भएका छन् ।
त्रिभुवन राजपथको अमलेखगञ्जबाट सिमरा तर्फ आउँदै गरेको कार्यालयको ना १ झ १३३२ नम्बरको स्कार्पियो अनियंत्रित भै पल्टिँदा चालक रमेश कुमार झा र प्रहरी जवान खुमबहादुर खत्री घाइते भएका हुन । विपरित दिसाबाट आउँदै गरेको मोटरसाइकलाई साइड दिने क्रममा अनियन्त्रित बनेपछि जिप सडकबाट उछिट्एिर जंगलमा पुगेर पल्टिएको थियो ।

प्रहरी निरीक्षक सुबास हमालले प्रयोग गर्ने जिप दुर्घटनामा परेको हो । तर दुर्घनाको बेला निरीक्षक हमाल भने अर्कै जिपमा सवार रहेका थिए । अमलेखगञ्जमा भएको एउटा कार्यक्रममा सहभागी भएर फर्कने क्रममा निरीक्षक हमाल सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा गुल्म पर्साका डिएसपी गौतम कुवरको गाडीमा सवार थिए ।

घाइते प्रहरी जवान खत्रीले जिपको पाङ्गमा हावा कम भएपछि निरीक्षक हमाललाई अर्को गाडीमा राखेर हावा हाल्न जाने क्रममा दुर्घटना भएको जानकारी दिए ।

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्