हेटौडामा आज विहानसम्म १३ हजार कुखुरा मारियो


 


मकवानपुर । हेटौंडा ७ नागस्वतिको वर्डफ्लु प्रभावित क्षेत्रमा आइतबार बिहानसम्म १३ हजार बढि कुखुरा नष्ट गरिएको छ । शनिबार बिहानदेखि कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो । बर्डफ्लुको पुष्टि भएसँगै हेटौँडामा कुखुरा नष्ट गर्ने क्रमलाई तिब्रता दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार भेटनरी अस्पताल हेटौँडा, कुखुरा ब्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय सहित स्थानीय कुखुरा ब्यवसायीहरुको सहभागितामा दिनभर र रातभरी पनि कुखुरा मारिएको हो । कुखुरा नष्ट गर्ने क्रमले आइतबार दिनभर पनि निरन्तरता पाउने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ४१ हजार ५ सय कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । बर्डफ्लु संक्रमित पाईएको हेटौंडा ७ नागश्वतीका कुलप्रसाद चौलागाईले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सिमा निर्धारण गरि त्यस क्षेत्रमा पर्ने कुखुरा मार्ने निर्णय भएको हो ।

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्