सीके राउतको भेलालाई दुई घेराको सुरक्षा


 


सिरहा । सरकारसँग ११ बुँदे सहमति गरेपछि पहिलो पटक सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् शुरु भएको छ।
आइतबारदेखि सिरहाको लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा कडा सुरक्षाबीच बैठक शुरु भएको हो।

बैठकको बाहिर प्रहरी र भित्र राउतका कार्यकर्ताले सरक्षा प्रदान गरिरहेका गठबन्धनका एक कार्यकर्ताले बताए। राष्ट्रिय परिषद् वैठकमा सहभागी हुने परिषद् सदस्यका लागि नेपाली नागरिताको प्रमाणपत्र अनिवार्य गरिएको गठबन्धनले यसअधि नै जनाएको छ। बठैकमा सहभागीहरुलाई कडा सुरक्षा चेकजाँच र नागरिकता हेरेपछि मात्र भित्र पस्न दिइएको छ।

गठबन्धनका आगामी रणनीति तय गर्न लागेको बैठकमा तराइ मधेसका २२ जिल्लाका परिषद सदस्य सहभागी भएका छन्। बैठक सोमबार सम्पन्न हुनेछ।

प्रकाशित मिति: ३ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्