अस्पतालबाट डिस्चार्ज भइन् पूर्व मुमाबडामहारानी रत्न
काठमाडौं : पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ९१ बर्षिय पूर्व मुमाबडामहारानीलाई थापाथलीस्थित नर्भिक अस्पतालले विहान दश बजे डिस्चार्ज गरेको हो ।
रत्न डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई लिन अस्पताल पुगेका थिए । यस्तै राजपरिवारका अन्य सदस्य पनि रत्नलाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।
उनी रुघाखोकी र ज्वरो आउने समस्याका कारण गत फागुन २१ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालवाट घर फर्केपछि पूर्व मुमाबडामहारानीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यप्रति चासो राख्ने सबैलाई धन्यबाद दिएकी छिन् ।
प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार












