स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज पनि जारी
सिरहा : सिरहाको लहानमा स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज पनि जारी छ । बैठकवाट गठवन्धनलाई राजनीतिक दलमा परिणत गर्ने तयारी छ । आज भावि कार्यदिशाका बारेमा छलफल गरेर पार्टीको रुपमा जाने प्रस्ताव बैठकवाट अनुमोदन गर्ने तयारी गठवन्धनको छ ।
बैठकमा सहभागी हुनेलाई नागरिकता लिएर आउन आब्हान गरिएकाले गठवन्धनले पार्टी दर्ताको तयारी गरेको अनुमान गरिएको छ । आइतबारको बैठकले सरकारसँगको ११ बुँदे सहमतिलाई सही र सकारात्मक भएको भन्दै स्वागत र समर्थन गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैठकमा तराईका २२ जिल्लाका २ सय परिषद सदस्यहरु सहभागी छन् । वैठकस्थलमा सुरक्षाकर्मी र पत्रकारलाई प्रवेश निषेध गरिएको छ । बैठकमा सहभागी हुनेको राउतका कार्यकर्ताले चेकजाँच गर्ने गरेका छन् ।
प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार












