भारतकाे ज्याजती : जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि जमिन भारतीयको कब्जामा


 


कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारको लगभग एक बिघाभन्दा बढी जग्गा लामो समयदेखि भारतीय नागरिकले भोग चलान गर्दै आएका छन् । आफूसँग जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि उनको जग्गा आफ्नो भएको दाबी गर्दै भारतीय नागरिकले कब्जा गरेका छन् ।

“विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न नदिएको उनको भनाइ छ । आफ्नो जमीन छुटाइदिन विभिन्न निकाय कहाँ पुगे पनि कतैबाट सहयोग हुन नसकेको बताउँदै उनले सो जग्गाको लालपुर्जा समेत आफैसँग रहेको बताए ।

सोही गाउँमा विसं २०३१ देखि बस्दै आएका मानबहादुर सुनारले नेपाल–भारत २०० नम्बरको सीमा पिल्लर हुँदा हुदै पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताएका छन् ।

लामो समयदेखि पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ । पुर्नवास क्षेत्रको सिमानामासमेत विवाद छ । भारतीय सुरक्षकर्मीले समेत मनमुटाव गर्दै आएको त्यहाँको स्थतानीयको भनाइ छ । सरकारले विवाद मिलाउने भने पनि अहिलेसम्म विवाद कायमै रहँदा त्यहाँका स्थानीयले दमनको अनुभुति हुने गरेको जनाएका छन् ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्