टक्सार महाेत्सवका लागि काठमाडाैंमा यस्ताे भयाे छलफल (फाेटाे फिचर)


 


IMG_2154काठमाडाैं, माघ ९

अागामी फागुन १ गतेबाट भाेजपुरकाे एेतिहासिक टक्सारमा टक्सार महाेत्सव हुँदैछ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा महाेत्सव हुन लागेकाे हाे । महाेत्सवकाे मिति नजिकिएसँगै छलफल, अन्तरक्रिया र तयारी तिब्र बनेकाे छ ।

छलफलहरू जिल्ला क्षेत्र हुँदै राजधानी काठमाडाैंमा समेत तिब्र पारिएकाे छ । यसैबिच शनिबार राजधानी काठमाडाैमा एक बृहत छलफल कार्यक्रम भएकाे छ । महाेत्वकाे पूर्व तयारीका बारेमा छलफल भएकाे हाे । मध्यमाञ्चल क्षेत्रमा महाेत्सवका लागि गठन भएकाे समितिले छलफलकाे अायाेजना गरेकाे टक्सार महाेत्सव मध्यमाञ्चल क्षेत्र संयाेजक नरेश ताम्राकारले बताए ।

IMG_2140छलफल कार्यक्रमा काठमाडाैंमा रहेका भाेजपुरेहरूकाे बाक्लाे उपस्थिति थियाे । कार्यक्रममा पूर्व अर्थमन्त्री एंव प्रशासक शंकर प्रसाद काेइराला, विशिष्ट तहका कर्मचारी, पूर्व प्रशासक, न्यायाधिश, प्राध्यापक उद्याेगी, समाजसेवी, पर्यटन ब्यवसायी लगायतकाे उपस्थिति थियाे । छलफलमा सहभागीहरूले अा अाफ्नाे राय प्रस्तुत गरेका थिए भने महाेत्सवका लागि सक्दाे सहयाेग गर्ने प्रतिबद्ता ब्यक्त गरेका थिए ।

काठमाडाैंकाे भिमसेनगाेलास्थित अानन्द पार्टी प्यालेसमा कार्यक्रम भएकाे हाे । दुई सय बर्ष पुगेकाे अवसरमा हुन लागेकाे द्धी शतबार्षिकी टक्सार महाेत्सव २०७२ ले रूग्ण अवस्थामा पुगेकाे टक्सारकाे सुधार हुने अपेक्षा गरिएकाे छ । टक्सारकाे महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक सम्पदाकाे संरक्षण, इतिहासकाे प्रचार प्रसार, धातु उद्याेगकाे संरक्षण र पुनरूत्थान साथै कृषि तथा हस्तकलाकाे  विकास गर्ने उदेश्यले महाेत्सव हुन लागेकाे हाे ।

IMG_2146महाेत्वस एक हप्तासम्म सञ्चालन हुँदैछ ।महाेत्सवमा एेतिहासिक डाेली स्तम्भ तथा टक्सार महाेत्सव स्मारकाे अनावरण, कृषि हस्तकलकाे प्रर्दशन, सांस्कृतिक झाँकी, सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा मनाेरञ्जनात्मक कार्यक्रम हुने भएका छन् । यसका लागि तयारी तिब्र पारिएकाे अायाेजकले बताएका छन् ।

शाहबंशीय राजा गीवार्णयुद्द बिक्रम शाहकाे कार्यकालमा वि सं १८७२ मा स्थानीय भिमसेन स्थानकाे परिसरमा टक्सार खानी अड्डाकाे स्थापना भएपछि याे ठाउँबाट तामाका एक पैसे र दुई पैसे डाेली पैसा छापिन्थ्याे । याे ठाउँमा टक्सार स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएकाे हाे ।

IMG_2147IMG_2149IMG_2151IMG_2141

प्रकाशित मिति: ९ माघ २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्