सोमबारेमा बुलेट गाईजले होली पर्व कार्यक्रम गर्दै


 


रतुवामाई, चैत ३

आपसी मेलमिलाप र सदभावनाको सन्देशका साथ विभिन्न रङ अविर र लोला खेली मनाईने होली पर्व मोरङको रतुवामाई नगरपालिका – १० स्थित सोमबारे बजारमा पनि मनाईने भएको छ ।

स्थानीय बुलेट गाईज क्लबले यही चैत ७ गते बिहिवार विविध कार्यक्रमका साथ सोमबारे चोकमा भव्यताका साथ होली पर्व मनाउने तयारी गरिरहेको कार्यक्रम संयोजक अनिश कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा सद्भावका साथ होली पर्व मनाउनुका साथै शूभकामना आदानप्रदान समेत गरिनेछ ।सो अवसरमा हण्डी फुटाई, मोटरसाइकल स्लो रेश प्रतियोगिता लगायतका मनोरञ्जनात्मक खेलहरु पनि हुने कार्यक्रम संयोजक कार्कीले जानकारी दिनुभयो ।

त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।

हिन्दुहरुले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गरेको हुदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्