सीके राउतको बैठकमा यूएनको गाडी


 


जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सीके राउतसँग संयुक्त राष्ट्र संघका प्रतिनिधिले गोप्य भेटघाट गरेका छन् ।
सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा राष्ट्रिय परिषद्को बैठक चलिरहँदा यूएनको गाडीमा सवार व्यक्तिले राउतसंग गोप्य भेटघाट गरेका छन् ।

आइतवार साँझ ७ बजेतिर यूएनको गाडी मारवाडी सेवा सदनमा प्रवेश गरेको लोकान्तरले फेला पारेको हो । स्रोतका अनुसार युएनको उक्त गाडी गठबन्धनको बैठक बस्नुअघि देखि नै त्यहाँ रहेको थियो । बैठक जारी नै रहेको अवस्थामा आज सोमबार उक्त गाडी बिहान ७ बजे तिर बाहिर निस्की बजार तर्फ लागेको छ ।

अति नै गोप्य भनिएको उक्त बैठकमा युएनको गाडी पहिले देखि हुनु र त्यसका प्रतिनिधिले राउत संग गोप्य भेटघाट गर्नुले ठूलो आशंका उत्पन्न भएको छ ।

फागुन ३ गते आइतवार गठबन्धनको बैठक बिहान १० बजे शुरु भएको थियो । बैठकमा सहभागी हुने नेता तथा कार्यकर्ताहरुको नाम रोल अनुसार नागरिकताको प्रमाणपत्र चेकजाँच गरेर मात्र प्रवेश गर्न दिइएको थियो । राउतको आफ्नो आन्तरिक अभिलेख सहितको रोलमा नाम नभएका १५ जनालाई गेटबाटै फिर्ता पठाइएको थियो ।

प्रवेश गर्ने बेला सहभागीहरुको शरीर खान तलासी गर्नुका साथै मोबाइल र डटपेन समेत राउतको सुरक्षा दस्ताले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्