प्रधानमन्त्री ओलीले योगेशलाई भने, ‘प्रचण्ड फर्केपछि सपथ खुवाउँला नि !’


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीका लागि बलियो ुदाबेदारु मानिएका योगेश भट्टराईबीच विराटनगरमा रमाइलो संवाद भएको छ। आगामी मन्त्रीमण्डल हेरफेर हुँदा मन्त्री बन्ने संभावित सूचीमा रहेका भट्टराईको मन चोर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंलाई मन्त्री बनाउँ भनेको बन्दिनँ भन्दै हुनुहुन्छ रे१’

प्रधानमन्त्री ओलीको हाउभाउ बुझेर नेता भट्टराईले ठट्टामै उत्तर फर्काए, ‘मन्त्री बन्दिनँ भनेको छैन, यहीँ ९बिराटनगरमै० सपथ खुवाउनुहुन्छ भने पनि तयार नै छु।’ भट्टराईले आफ्ना धेरै साथीहरु विराटनगरमै रहेको भन्दै रमाइलो संवादलाई लम्ब्याएका थिए, ‘एउटा पत्र यहीँ तयार गरे भइगो नि१’

प्रधानमन्त्री ओलीले ठट्टामै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि सपथ गराउने बताएका थिए। उनले रमाइलो संवादमा थप्दै भने, ‘उहाँ ९प्रचण्ड० फर्केपछि सपथ गराउँला नि१’

आइतबार विराटनगरमा भएको नेकपा प्रदेश १ समितिको बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओली र त्यही कार्यक्रमका लागि गएका भट्टराईबीच उक्त संवाद भएको हो।

प्रधानमन्त्री ओलीले आफूसँग रमाइलो गरेको प्रसंग विराटनगरबाट फर्केपछि नेता भट्टराईले आफ्ना साथीहरुलाई सुनाएका थिए।

केही दिनअघि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भएको छलफलमा समेत नेता भट्टराईलाई खाली रहेको मन्त्रालयको जिम्मेवारी दिने कि नदिने भन्ने प्रसङ्ग उठान भएको बालुवाटार स्रोतको भनाइ छ।

पत्नी सीता दाहालको उपचारका लागि आइतबार मात्रै प्रचण्ड अमेरिका गएका छन्।

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्