बैतडी र दार्चुलामा भूकम्प


 


बैतडी । बैतडी र दार्चुलामा भूकम्प महसुस गरिएको छ। सोमबार बेलुका डेढ घण्टाको फरकमा लगातार दुई पटक भूकम्प गएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३‍.८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमा आसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नविन विश्वकर्माले जानकारी दिए। गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा परकम्प हुने गरेको छ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्