दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग


 


काठमाडौं, चैत ५

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो ।

अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन् ।

श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा दाहाललाई ‘परिचित आतंकवादी’ भनिएको छ ।

उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहाल जोन हकिङ्स अस्पतालमा रहेको जानकारी दिँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानुन र अमेरिकाले आतंकवादविरुद्ध लिएको प्रतिबद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने जिकिर गरेका छन् । साभार – इमेज खबरबाट

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्