‘प्रचण्ड’ लाई पक्राउ गर्न अमेरिकामा उजुरी


 


काठमाडौं, ५ चैत 

पत्नी सीता दाहालको उपचारका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरियोस् भन्दै उजुरी परेको छ ।

केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डाक्टर तिलक बहादुर श्रेष्ठले प्रचण्डविरुद्ध उजुरी गर्दै बाल्टीमोरस्थित संघीय ब्यूरोलाई पत्र लेखेका छन् । नेपालमा युद्ध अपराध र आतंकवादमा संलग्न भएको भन्दै प्रचण्डलाई पक्राउ गर्न उजुरी गरेको उक्त पत्रमा लेखिएको छ ।

”प्रचण्ड नामका आतंकवादी अमेरिका घुम्न आएका छन् । विगतमा यिनी अमेरिकाकै आतंकवादीको सूचिमा थिए । उनको गतिविधिले गर्दा निर्दाेष १७ हजार नेपालीको ज्यान गएको थियो । मलाई थाहा छैन यो रिपोर्ट कहाँ गर्नुपर्छ, कृपया यो पत्र सम्बन्धित कार्यालयमा पठाइदिनुहोस्,” उत्त उजुरी पत्रमा लेखिएको छ ।

को हुन् उजुरीकर्ता श्रेष्ठ ?

अमेरिकाकाे केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत डाक्टर तिलक बहादुर श्रेष्ठले काठमाण्डौकाे पद्मोदय हाइ स्कुलमा माध्यामिक शिक्षा पुरा गरेकाे वेवसाइडमा उल्लेख छ ।

केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत हुनु अघि डाक्टर श्रेष्ठले नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए।

उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन पुरा गरेका छन। श्रेष्ठ हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन्।

हेर्नुहोस् यस्तो छ डा. तिलक बहादुर श्रेष्ठको उजुरी-

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्