होलीको सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित


 


काठमाडौँ । होलीको सुरक्षाका लागि काठमाडौंमा सशस्त्र प्रहरी पनि परिचालित हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीका निम्ति तयार पारेको सुरक्षा योजनामा सार्वजनिक स्थानमा हुने कार्यक्रममा दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी परिचालन गरिने उल्लेख छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले होलीलाई मर्यादित बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा योजना कार्यान्वयन गरिने बताए । उनले झण्डै ६ हजारको संख्यामा प्रहरी परिचालन हुने र सशस्त्र प्रहरी पनि सपोर्टमा खट्ने बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार झण्डै डेढ सयको संख्यामा खटिने सशस्त्र प्रहरी सुरक्षा संवेदनशील स्थानमा बढी परिचालित हुनेछन् ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्