“मस्ती टक टाईम” नामक अश्लिल कार्यक्रम कार्यक्रम उत्पादन गर्ने पक्राउ


 


काठमाडौँ । अश्लिल संवाद र द्विअर्थी प्रश्न सहितको युट्युब कार्यक्रम उत्पादन र सञ्चालन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी परिसर काठमाडौंले मस्ती टक टाईम नामक अश्लिल प्रश्नोत्तर सहितको कार्यक्रम उत्पादन गर्ने राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र आफूलाई मोडल बताउँदै अन्तर्वार्ता दिने हेटौँडाकी परी तामाङलाई कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुलाई साईबर अपराध अन्तर्गत मुद्दाचलाउने तयारी भइरहेको बताए । उनले भने, अश्लिल संवादमार्फत समाजमा अश्लिलता फैलाएकै कारण उनीहरु पक्राउ परेका हुन् ।

फुलचोकी मिडिया हाउस प्रा‌लिको नाममा उत्पादित उक्तकार्यक्रममा मोडल र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुकोअन्तर्वार्तागरिन्छ । जसमा कार्यक्रम प्रस्तोताले अश्लिल प्रश्नहरु त सोध्छन् नै, निजी जीवनसँग सम्बन्धित यौनजन्य जिज्ञासा पनि सोध्छन् ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्