लहानमा सिके राउतका कार्यकताले किन गरे प्रदर्शन ?


 


लहान। डा सिके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार लहानमा प्रर्दशन गरेको छ । सरकारसँग भएको ११ बुँदे सहमतिले ऐतिहासिक सफलता मिलेको भन्दै जनमत पार्टीले आज प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा मधेस आन्दोलनमा शहीद भएका रमेश महतो लगायतको शालिकमा माल्यार्पण गरिएको छ । सरकारसँग मूलधारको राजनीतिमा आउने सहमपति भएसँगै स्वतन्त्र मधेस गठबन्धनको दुई दिने राष्ट्रिय परिषद्को बैठकले पार्टीको नाम परिवर्तन गरी जनमत पार्टी राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्