प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिने श्रेष्ठ जेल जाने


 


काठमाडौ पत्नि सीताको उपचारका लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एक नेपालीले उजुरी दिएपछि त्यसबारे चर्चा परिचर्चा जारी छ ।

प्रचण्डका खान्दानी विरोधी र नक्कली माओवादी पीडितका नाममा विस्थापित भएर अमेरिकामा बसिरहेकाहरुले सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । तर, अमेरिकामा रहेका नेपाली पत्रकार किशोर पन्थीले प्रचण्डलाई अमेरिकी सरकारले पक्राउ नगर्ने स्पष्ट गरे । पन्थीका अनुसार बरु उजुरी दिने व्यक्तिमाथि कारबाही हुन सक्छ ।

एफबीआईकै सेक्युरिटी क्लियरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डविरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ नरहेको पन्थीले बताए । उनका अनुसार अमेरिकामा कसैले संघीय कानुनको उल्लंघन गरेको आशंका लागेमा, आतंककारी वा आपराधिक गतिविधि गरेको आशंका लागेमा जोकोही सर्वसाधारणले पनि एफबीआईमा अनलाइन वा पत्रमार्फत टिप्स दिन सक्छन् ।

तर गलत नियतवश कसैको विरुद्ध उजुरी दिँदा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुवै सजाय हुनसक्छ । यसैबीच अमेरिकी सरकारले भने प्रचण्डलाई ‘नो इन्भेष्टिगेसन’ सर्कुलर जारी गरेको छ । त्यो भनेको उनीबारे कुनै अनुसन्धान र सुरक्षा झण्झट नगर्नु भन्ने हो । तिलक श्रेष्ठ नाम गरेका अमेरिकामा रहेका नेपालीले प्रचण्डविरुद्ध उजुरी दिएका थिए । पन्थीका अनुसार अमेरिकी कानूनअनुसार श्रेष्ठलाई पक्राउ गरी जेल हाल्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्