आगामी चैत २० देखि २५ सम्म कांग्रेस जिल्ला सभापतिहरुको भेला हुने


 


काठमाडौँ नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको भेला राजधानीमा सम्पन्न भएको छ । बैठकमा नुवाकोटका जगदिश्वरनरसिंह केसी, खोटाङका नरेशकुमार श्रेष्ठ, काठमाडौंका कृष्ण सबुज बानियाँलगायत ११ जिल्लाका सभापतिको उपस्थिति भएको जनाइएको छ ।

बैठकले आगामी चैत २० देखि २५ सम्म काठमाडौं वा सिन्धुपाल्चोकमा सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । दुई अथवा तीन दिनसम्म देशभरका सभापतिको भेला गर्ने नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

कांग्रेसले बहुमतबाट महासमिति बैठकको म्याण्डेड विपरित विधान अनुमोदन गरेपछि अधिकांश जिल्ला सभापतिहरु असन्तुष्ट छन् । उनीहरुले महासमिति बैठकमा विधानमा भएको स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने केन्द्रीय नेताहरुको प्रावधान हटाउनुपर्ने र समानुपातितर्फ एक पटकभन्दा बढी अवसर दिन नहुने माग राखेका थिए ।

ती मागहरुलाई सभापति र वरिष्ठ नेताले सम्बोधनल गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर फागनु १२ गते बसको बैठकबाट सभापति देउवाले बहुमतका आधारमा केन्द्रीय तहका नेताहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने विद्यमान व्यवस्थालाई यथावत राख्दै विधान अनुमोदन गरेका थिए । संस्थापन पक्षले बहुमतले विधान अनुमोदन गरेपछि संस्थापन इतर समूहले नोट अफ डिसेन्ट लेखेको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्