पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट पहल गर्छु : महामन्त्री कोइराला


 


काठमाडौं नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आग्रह गरेका छन् ।

टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा बुधबार आयोजित चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफुले पहल गर्ने बताए ।

महामन्त्री कोइरालाले कांग्रेसको झण्डामा रहेको चार तारा मध्ये एक तारा हिन्दु धर्मको प्रतिक भएको भन्दै हिन्दु धर्मका बारेमा जनमत संग्रह गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्